काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालामाथिको कारबाही फुकुवा गरेको छ । गत मंसिरमा सम्पन्न आम चुनावमा चितवन–३ मा पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिएपछि कोइराला पार्टीबाट स्वतः निष्कासनमा परेका थिए ।
कांग्रेस नेतृत्वको गठबन्धनबाट चितवन– ३ मा माओवादी केन्द्रका भोजराज अधिकारी उम्मेदवारभन्दा कोइरालाले विद्रोह गरेका थिए । स्वतन्त्र उम्मेदवारी दिएका कोइरालालाई नेकपा एमालेले पनि समर्थन गरेको थियो । तर, कोइराला राप्रपाका विक्रम पाण्डेसँग पराजित भए । चुनावताका कोइराला एमाले प्रवेश गर्ने चर्चा थियो । कोइराला भने कांग्रेसकै राजनीतिक गतिविधिमा फर्किए ।
वैशाख १० मा भएको उपनिर्वाचनमा कोइरालाले चितवन–२ मा पार्टीका उम्मेदवार जीतनारायण श्रेष्ठको पक्षमा खेलेर लागेका थिए । सोही क्रममा उनले पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिएर गल्ती भएको स्वीकार गर्दै कांग्रेस अनुशासन समितिमा पत्र पठाएका थिए । अनुशासन समितिले त्यसपछि कोइरालाको कारबाही फुकुवा गरेको बुझिएको छ । कोइरालाका साथै चितवन पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भिमबहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलको कारबाही पनि फुकुवा गरेको अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले बताए ।
उनले भने, ‘केन्द्रीय सदस्य दिनेश कोइरालासहित तीन जनाको कारबाही फुकुवा भइसकेको छ । मेरो प्रतिवेदनमा उहाँको नाम थियो । बैठकले अनुमोदन गरिसकेपछि कारबाही फुकुवा भइसक्यो ।’
बैठकमा खुला रुपमा भन्न नचाहेको भन्दै लिखित रुपमा कोइरालाको कारबाही फुकुवा भएको ढुंगानाले बताए । ‘अब दिनेश कोइराला पार्टीको पूर्ववत् जिम्मेवारीमा फर्किनु भयो । असोज २ गते बस्ने केन्द्रीय समिति बैठकमा उहाँ सहभागी हुन पाउनुहुन्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ साउन २०८०, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र
केपी ओलीको क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस
कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै
कांग्रेसले संसद् पुनर्स्थापनालाई लिएर निवेदन दियो सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको धारणा होइन
कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन सात दलीय गठबन्धन सहमत
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय