काठमाडौंँ । अभिनेता प्रमोद अग्रहरीले फिल्म ‘अदृश्य’ को लुक्सले दर्शक लोभ्याउने बताएका छन् । आगामी शुक्रबार अर्थात् साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म अदृश्यमा आफ्नो अहिलेसम्मकै भिन्न लुक्स भएको उनले दाबी गरे । ‘नेपालमा सस्पेन्स थ्रिलर फिल्म कम बन्छ’, उनले भने, ‘त्यो हिसावले पनि यो फिल्म चल्छ ।’
कार्यक्रममा निर्माता तथा निर्देशक प्रहाल्द काफ्ले, रवि गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिड सिंह उपस्थित थिए । फिल्मका निर्माता तथा निर्देशक काफ्लेले ‘अदृश्य’ एउटा उत्कृष्ट फिल्म बनेको दाबी गरे । कलाकारदेखि टेक्निकल टिमसम्मले कुनै पनि कम्प्रमाइज नगरी काम गरेकाले आफूले डेव्यु निर्देशकीय फिल्म राम्रो बनाउन सकेको उनको धारणा रहेको थियो ।
फिल्मका अर्का मुख्य कलाकार प्रविन खतिवडाले पनि फिल्म राम्रो बनेकाले दर्शकले रुचाउन सक्ने बताए । प्रमोद अग्रहरी, रिस्ता बस्नेत अनि रवि गिरी जस्ता अग्रज कलाकारसँग काम गर्न रमाइलो भएको र केही नयाँ कुरा सिक्न पाएको खतिवडाले सुनाए ।
फिल्मकी मुख्य अभिनेत्री रिस्ता बस्नेतले फिल्मबाट राम्रो प्रतिक्रिया मिल्ने बताइन् । पिताम्बर फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रमोद अग्रहरी, रिस्ता बस्नेत, सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापति, प्रिन्स प्रसिडसिंह थापा, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीपबाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित
रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय छ । राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहनकुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत रहेको फिल्ममा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री फिल्मका सह–निर्माता हुन् । फिल्मलाई आरआर फिल्मले वितरण गर्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ साउन २०८०, १२ : २५
लेखकबाट थप