सानिमा बैंकको नाफा २५ प्रतिशतले बढ्यो

सफल खबर संवाददाता

शुक्रबार, १९ साउन २०८०, ११ : १५
सानिमा बैंकको नाफा २५ प्रतिशतले बढ्यो

काठमाडौँ । सानिमा बैंकको नाफा अघिल्लो वर्षको भन्दा २५.१४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा बैंकले २ अर्ब ९ करोड ३१ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, आर्थिक वर्ष २०७९/८० मा कठिन आर्थिक स्थिति, लगानी घट्दा समेत बैंकले २ अर्ब ६१ करोड ९२ लाख १६ हजार रुपैयाँ नाफा कमाउन सफल भएको हो । 

बैंकको ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफा बढ्न पुगेको हो । बैंकले आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा ३९.५१ प्रतिशतले ब्याज आम्दानी बढाउँदै ६ अर्ब ४८ करोड ९३ लाख ९ हजार रुपैयाँ कमाएको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब ६५ करोड १७ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।यता सञ्चालन नाफातर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा २७.९७ प्रतिशतले सञ्चालक नाफा वृद्धि गरेको बैंकले ३ अर्ब ७८ करोड ६ लाख ५६ हजार रुपैयाँ कमाएको छ ।

यद्यपि, नाफाको केहीँ प्रतिशत प्रोजिनिङ गर्नुपदा बैंकको वितरणयोग्य नाफा अघिल्लो वर्षको भन्दा १५.३५ प्रतिशतले घटेर १ अर्ब २४ करोड ४४ लाख ५५ हजार रुपैयाँ कायम भएको छ । सानिमा बैंकको प्रतिसेयर लाभांश दिने क्षमता १७.७४ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी २ रुपैयाँ ५४ पैसाले बढेर २१ रुपैयाँ ०२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा छ ।

प्रतिक्रिया दिनुहोस