जनकपुरधाम । मधेश प्रदेशमा पनि डेंगु संक्रमणका बिरामी भेट्न थालेको छ । यस प्रदेशका २२ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो । मधेश प्रदेश स्वास्थ्य निर्देशनालय सपही, धनुषाका प्रमुख डा. राजिव कुमार झाले साउन महिनामै डेंगुका २२ रोगी फेला परेको जानकारी दिए । उनका अनुसार साउन अगाडि यो प्रदेशमा डेंगुको संक्रमण पुष्टि भएको थिएन् ।’
उनका अनुसार पर्सा र सिरहामा डेंगुका बढी बिरामी भेटिएका छन् । अन्य जिल्लामा १÷२ जनामा मात्र संक्रमण देखिएको छ । सबैको अवस्था सामान्य छ । सबै विरामी घरमै स्वास्थ्यकर्मीको निगरानीमा उपचाररत छन् ।
डेंगु संक्रमित बिरामी भेटिएको क्षेत्रमा लार्भा नष्ट पार्ने अभियान सुरु भइसकेको डा. झाले दावी गरे । उनले भने, ‘जिल्ला स्वास्थ्य कार्यालयहरु र स्वास्थ्य संस्थाहरुमा लार्भा मार्ने औषधी पुगिसकेको छ । स्थानीय तहको समन्वयमा लार्भा रहेको सम्भावित ठाउँहरुमा औषधी छर्किने काम पनि भइरहेको छ ।’
एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेले टोकेपछि मानिस डेंगु संक्रमित हुन्छन् । डेंगुको संक्रमण एक मानिसबाट अर्को मानिसमा सर्छ अर्थात् यो सरुवा रोग हो । अहिले कोशी प्रदेशमा सबभन्दा बढी डेंगुका संक्रमित भेटिएका छन् । कोशीबाटै मधेशमा डेंगु छिरेको हुनसक्छ ।
डेंगु फैलाउने एडिस जातिका लामखुट्टे गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा जमेको सफा पानीमा लार्भा छोड्छ । ति ठाउँहरुबाट लार्भा नष्ट गरिए मात्र डेंगुको संक्रमण रोक्न सकिने चिकित्सकहरु बताउँछन् ।
‘सार्वजनिक ठाउँमा जमेको पानीमा औषधि छर्किने काम भइरहेको छ’, डा. झाले भने, ‘लार्भा नष्ट पार्ने औषधी घरमा छर्किन पनि मिल्दैन । मानिसको स्वास्थ्यमा असर गर्छ । त्यसैले घरमा राखिने गमला, फुलदानी वा पानी जम्ने अन्य स्थानहरुमा आफैंले सतर्कता पूर्वक औषधी छर्किनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव कल्याणसम्बन्धी कामलाई प्रभावकारी बनाउँछौँ’: मुख्यमन्त्री सिंह
बुधवार मधेश प्रदेशमा सार्वजनिक बिदा
धनुषामा सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु
सर्लाहीका १९ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
मधेश प्रदेश सभाको कार्यसूचीमा चढ्यो भाषा विधेयक फिर्ताको प्रस्ताव
संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैन : मुख्यमन्त्री सिंह