काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बुधवार शुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी केन्द्रीय सदस्यहरुबीच पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईको दस्ताबेज वितरण भएको छ ।
प्रज्ञा भवन कमलादीमा शुरु भएको बैठकमा सहभागी सदस्यहरूलाई नेपाल समाजवादी पार्टीको सचिवालयबाट डा,बाबुरामको दस्ताबेज इमेलमार्फत छलफलका लागि पठाइएको हो ।
माओवादी बैठकमा छलफलका लागि भनेर पठाइएको डा. बाबुरामको दस्ताबेज इमेलमा प्राप्त भएको केन्द्रीय सदस्यहरूले बताए ।अबको वैकल्पिक राजनीति कस्तो हुने ? अबको समाजवादको मोडेल कस्तो हुने ? यस विषयमा खुलेर छलफल गर्न बाबुरामले माओवादी नेताहरूलाई आग्रह गरेका छन् ।
माओवादी आन्दोलन कहाँ चुक्यो भन्ने विषयमा पनि बाबुरामले दस्ताबेजमा उल्लेख गरेका छन् । बैठकमा अध्यक्ष प्रचण्डको तर्फबाट पनि राजनीतिक र सांगठनिक दस्ताबेज प्रस्तुत हुँदैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)