जनकपुरधाम। मधेश प्रदेशको मन्त्रिपरिषद पुनर्गठन गरिएको छ। मुख्यमन्त्री सरोज कुमार यादवले सोमबार रिक्त रहेका दुई मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन्।
प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी कांग्रेसका मोहमद समिमले पाएका छन् भने श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका चन्दन सिंहले सम्हाल्ने भएका छन् । नवनियुक्त मन्त्रीद्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।
मुख्यमन्त्री यादवले छैंटौं पटक सरकार विस्तार गरेका हुन् । यसअघि विनाविभागीय मन्त्री बसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले राजीनामा दिएका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ साउन २०८०, १९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा