जनकपुरधाम । मधेश प्रदेश सरकारका दुईजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । विनाविभागीय जिम्मेवारीमा रहेका जनमतबाट मन्त्री बनेका दुईजनाले सोमबार पदबाट राजीनामा दिएका हुन् ।
पार्टीको निर्देशनानुसार मधेश प्रदेश सरकारका मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले राजीनामा दिएका हुन् । मुख्यमन्त्री सरोजकुमार यादवले उनीहरूको जिम्मेवारी खोसेर भूमि व्यवस्था, कृषि तथा सहाकारी मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीका प्रदेशसभा सदस्य गोविन्द न्यौपानेलाई दिएका थिए । त्यसपछि कुशवाहा र उक्त मन्त्रालयका राज्यमन्त्री यादव विनाविभागीय बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ साउन २०८०, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिमार्जन भयो मधेश प्रदेशको ‘बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’
मधेश प्रदेशमा मन्त्रालय संख्या पुनर्संरचना गर्न कार्यदल गठन
रास्वपा मधेश प्रदेश संस्थापक सभापति शर्मा काँग्रेसमा प्रवेश
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले छोडिन् पार्टी
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा