कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, १४ साउन २०८०, २० : ०७
कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलबाट ३५० मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलकै २७ वर्षीय योगेश कुँवर समेत दुईजनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनीहरुविरुद्ध लागुऔषधको मुद्धा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस