‘कानुन बनाएर मात्र हुँदैन, कार्यान्वयनमा जोड दिनुपर्छ’:डा जयकान्त राउत

सफल खबर संवाददाता

आइतबार, १४ साउन २०८०, १४ : ५९
‘कानुन बनाएर मात्र हुँदैन, कार्यान्वयनमा जोड दिनुपर्छ’:डा जयकान्त राउत

काठमाडौँ । राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतले ऐन कानुन मात्र बनाएर नहुने भन्दै त्यसको कार्यान्वयनमा पनि जोड दिनु पर्ने बताएका छन्।खाद्यका लागि कृषि अभियानले एकीकृत कृषि ऐनको आवश्यकताबारे आयोजना गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

राउतले भने, ‘नियम कानुन बनाएर हुँदैन, माइन्डसेटमा परिवर्तन ल्याउनु पर्ने हुन्छ कानुन होइन मान्छेको सोचमा परिवर्तन ल्याउन आवश्यक छ ।’नेपालमा थुप्रै ऐन कानुन, योजना बन्ने भएपनि त्यसले लिएको लक्ष्य पूरा नहुने गरेको उनले बताए । उनले यसतर्फपनि निर्मम समीक्षाको आवश्यकता बताए ।

देशको जनशक्तिको ठूलो हिंसा कृषिमा आबद्ध रहेको तर अवस्था निराशाजनक रहेको बताउँदै उनले कृषिको समग्र विषयमा निर्मम समीक्षाको आवश्यकता रहेको बताए ।यसैगरी एमालेकी सांसद एवं पूर्व परराष्ट्रमन्त्री विमला पौडेल राइले किसानको सहजताका लागि ऐन आउनु पर्ने धारणा राखिन् । 

प्रतिक्रिया दिनुहोस