काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सबै वामपन्थी शक्तिहरुलाई एकतामा आउन आह्वान गरेका छन् । समाजवादी मोर्चाका विद्यार्थीहरूको मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चा घोषणा गरेपछि तल्लो तहसम्म राम्रो सन्देश प्रवाह भएको बताए ।
उनले भने, ‘हामी सकेसम्म धेरैलाई समेट्न चाहन्छौं । हामीले समेट्ने कुरा गरेर मात्रै पुग्दैन । अरुले पनि चाहना राख्नुपर्छ । चाहना राखेनन् भने हामी घिसारेर ल्याउँन सक्दैनौं । आफ्नो कुुरा थोपार्न पनि सक्दैनौं । हामी सबैलाई सबैलाई मोर्चामा आउन आह्वान गछौं । आउनुस् नेपाल राष्ट्रको लागि बसौं, जनताको हितको लागि मिलेर अगाडि बढाऔं ।’
उनले देशलाई जनताले चाहना गरेबमोजिम पनि वामपन्थी एकताको आवश्यकता भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ साउन २०८०, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव
इतिहासका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ : माधव नेपाल
सेनाको सुरक्षाबाट माधव नेपाल पनि निस्किए