टिपर पल्टिँदा मेची राजमार्ग अवरुद्ध, दुई जना घाइते

सफल खबर संवाददाता

आइतबार, १४ साउन २०८०, १४ : ३०
टिपर पल्टिँदा मेची राजमार्ग अवरुद्ध, दुई जना घाइते

पाँचथर। पाँचथरको हिलिहाङ-७ सल्लेरीमा टिपर पल्टिँदा मेची राजमार्ग अवरुद्ध भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।जोरपोखरीदेखि फिदिमतर्फ आउँदै गरेको प्रदेश ०१–०२००१ क ३८७४ नम्बरको टिपर आइतबार विहान पल्टिएको हो ।

दुर्घटनामा टिपरका सहचालक संखुवासभा निवासी बिक्रम विश्वकर्मा सख्त घाइते भएका भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले बताए ।उनका अनुसार चालक भोजपुर षडानन्द-१३ का रिनछिरिङ तामाङ पनि घाइते भएका छन् । घाइतेहरु दुवै जनालाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस