मोरङ । लेटाङ नगरपालिका-६ सुकेचौरी बस्ने ६१ वर्षय राम कुमार तमाङसमेत ३ जनालाई गोरू काटेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
तमाङको घरमा गोरु काटेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले गोरु काटी मासु झोलामा प्याकिङ गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनीहरुलाई अन्दाजी ३५ केजी गोरुको मासु, खुकुरी २ थान, तराजु १ थानसहित पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ साउन २०८०, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ