क्विन्टल सुन तस्करी प्रकरण : होटेल भियनामा छापा, बेल्जियन नागरिक दावा छिरिङ पक्राउ

सफल खबर संवाददाता

आइतबार, १४ साउन २०८०, ११ : ४१
क्विन्टल सुन तस्करी प्रकरण :  होटेल भियनामा छापा, बेल्जियन नागरिक दावा छिरिङ पक्राउ

काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटेल भियनामा छापा मारेको छ । विभागको टोलीले आइतबार बिहान भियनामा छापा मारेर केही कागजात र सामग्रीहरू बरामद गर्नुका साथै एक जना नेपाल मूलका बेल्जिनिमका नागरिकलाई पक्राउ गरेको एक अधिकारीले बताएका छन् ।

हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको आशङ्का पछि विभागले होटेल भियनामा छापा मारेको हो । विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिई सकेको अवस्थामा सिनामंगलबाट एक क्विन्टल सुन बरामद गरेको थियो ।

विभागले ट्याक्सी चालकसहित रेडी ट्रेड प्रा.लि. नामक कम्पनीका सञ्चालक दोलखाका दिलीप भुजेललाई पनि विभागले पक्राउ गरेको छ । तर भुजेललाई तस्कर समूहले २० हजार रुपैयाँ दिएर ‘फर्जी’ सञ्चालकको रूपमा खडा गरेको अनुसन्धानका क्रममा खुलेको छ । यससँगै प्रकरणमा एक जना चिनियाँ नागरिकसहित भारतीय मूलका तिब्बतीय नागरिक समेत पक्राउ परेका छन् ।

हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस