नारायणगढ–मुग्लिन सडक फेरि अबरुद्ध

सफल खबर संवाददाता

शनिबार, १३ साउन २०८०, ०९ : १७
नारायणगढ–मुग्लिन सडक फेरि अबरुद्ध

File pic

चितवन । नारायणगढ–मुग्लिन सडक फेरि बन्द भएको छ। यस सडकअन्तर्गत कालीखोलामा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि आवगमन बन्द भएको हो।

जसका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउने काम भइरहेको प्रहरीको भनाइ छ। 

गए राति १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक खुलाइएको थियो।

प्रतिक्रिया दिनुहोस