काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको पिपरा गाउँकार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जिता झासहित पाँच जना उपर विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।
आयोगले प्रमुख प्रशासकीय अधिकृत झा, तत्कालिन सब–इन्जिनियर श्याम किसोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टचार गरेको सम्बन्धमा आज आरोपपत्र दायर गरेको हो ।
उनीहरुले आर्थिक वर्ष २०७४/७५ पिपरा गाउँपालिका–१ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पीसीसी ढलान कार्यलाई बढी मूल्याङ्कन गरी झुट्टा नापी किताब, भुक्तानी बिल र कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई एक लाख ४८ हजार नौ सय १० भुक्तानी दिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
आयोगले गाउँकार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र तत्कालीन सव–इन्जिनियर मण्डल उपर भ्रष्टाचार कसुरमा र एक लाख ४८ हजार नौ सय १० बिगो कायम गरी कैद र जरिवानाको माग दाबी गरेको छ ।
यस्तै निर्माण उपभोक्ता समितिका अध्यक्ष मिश्र, सचिव खातुन र कोषाध्यक्ष साहलाई र एक लाख ४८ हजार नौ सय दश बिगोसहित सजायको माग दाबी गरेको छ । उनीहरु विरुद्ध वडा–१ खैरबामा बाटो ढलानकार्य गर्दा कमसल सामग्री प्रयोग गरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको भन्ने आयोगमा उजुरी निवेदन परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ साउन २०८०, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध मुद्दा दायर
नक्कली अध्यापन अनुमति पत्रमार्फत नियुक्ति लिएको आरोपमा शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
नवराजपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुसियैतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
विद्यालय पोशाक खरिदमा भ्रष्टाचार : प्रमुख प्रशासकीय अधिकृत यादवसहित ४ जनाविरुद्ध मुद्दा दायर
प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध मुद्दा दायर
तत्कालीन प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा