काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेश सरकार निर्माणमा सत्ताधारी नेताहरूले बल प्रयोग गरेर संविधानको उल्लंघन गरेको बताएका छन्।
शुक्रबार ट्विटमार्फत् कोशी प्रदेश नामकरण स्वीकार गर्न अस्वीकार गर्दै नामकरण ठीक नभएको र त्यसमा पनि जानीजानी केन्द्रका सत्ताधारी नेताले बल प्रयोग गरेर संविधानको ठाडो उल्लंघन गरी सरकार निर्माण गरेको आरोप लगाएका छन्।
उनले नेताहरूले उल्लंघन गरेको संविधानको उल्लंघनलाई सर्वोच्च अदालतले सच्चाएको टिप्पणी गरेका छन्।
उनले भनेका छन्, '१ नम्बर प्रदेशको (क्षमा गरियोस् नामाकरण ठीक भएन) हो, त्यहॉ जानीजानी केन्द्रका सत्ताधारी नेताहरूले बलप्रयोग गरेर प्रदेश सरकार निर्माणमा संविधानको ठाडो उल्लंघन गरेकै हुन्। त्यसलाई सच्याएर सर्वोच्च अदालतले संविधान र राजनैतिक नैतिकताको रक्षा गर्न योगदान पुर्याएकोमा सम्मानित अदालत धन्यवादको पात्र छ।'
बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको सहभागितालाई अवैधानिक ठहर गरेको थियो। उक्त फैसलासँग सभामुखको गौतमको हस्ताक्षरमा ४७ जनाको बहुमत देखाएर मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता उद्धव थापा पनि पदमुक्त भएका छन्।
तर संविधान निर्माताले नै आफ्नो छुद्र दलीय/गुटीय र निजी स्वार्थका लागि संविधान मिच्नु र मिच्न लगाउनु गम्भीर विषय भएको बताए। 'संविधानको रक्षा कसले गर्छ? रक्षक नै भक्षक बनेपछि कसको के लाग्छ?' उनले भनेका छन्, 'एकपटक आफ्नो सरकार नबने नबनोस्, मध्यावधि चुनाव भए होस् तर संविधान र लोकतन्त्र नमरोस् भन्न किन नसकेको? आफू र आफ्नो दल हारेर पनि लोकतन्त्र,संविधान,देशले जितोस् भन्ने राजनेताहरूको जन्म कहिले होला?'
उनले संविधान नमिच्न सत्ताधारी नेतालाई चेतावनी समेत दिएका छन्। 'पृथ्वीनारायण शाहले- मेरा साना दुःखले आर्ज्याको मुलुक हैन यो। सबैलाई चेतना भया भनेझैं हामीलाई पनि भन्न मन लाग्छ-हाम्रा साना दुःख त्याग र वलिदानले आर्ज्याको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान हैन यो। अहिलेका सत्ताधारी नेताहरूलाई चेतना भया।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ साउन २०८०, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका
रवि लामिछानेलाई सशर्त रिहाको आदेश स्वागतयोग्य : बाबुराम भट्टराई
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव