टोकियो । जापानको जनसङ्ख्या सङ्कट गहिरिँदो छ । अन्य पूर्वी एसियाली राष्ट्रजस्तै जापानको नागरिकको सङ्ख्यामा तीव्र गिरावट देखिएको हो । गत वर्ष त्यहाँको जनसङ्ख्या ८ लाखभन्दा बढीले घटेको छ ।
जापानको आन्तरिक मामिला मन्त्रालयले बुधबार जारी गरेको तथ्यांकअनुसार यो वर्षको जनवरीमा देशको कूल जनसङ्ख्या (मूलवासी र विदेशी गरी) १२.५४ करोड रहेको थियो । गत वर्षको तुलनामा विदेशीको सङ्ख्या २ लाख ८९ हजार ५०० ले बढेको छ । यो वृद्धि १० प्रतिशतभन्दा बढी छ ।
तर, यही अवधिमा जापानी नागरिकको जनसङ्ख्या भने ८ लाख ५२३ ले घटेको छ । सन् २००९ मा उच्च विन्दुमा पुगेपछि पछिल्ला १४ वर्षदेखि यो जनसङ्ख्या निरन्तर घटिरहेको छ । जापानका सबै क्षेत्रमा जापानी नागरिकको जनसङ्ख्या घटेको यो पहिलो अवसर पनि हो ।
विदेशी नागरिकको सङ्ख्या बढेका कारण राजधानी टोकियोको कूल जनसङ्ख्या भने बढेको छ ।
गत वर्ष जापानको मृत्युदर पनि उच्च पुगेको थियो । गत वर्ष १५.६ लाख जनाको मृत्यु भएको थियो । यो अवधिमा ७ लाख ७१ हजार ८०१ जना शिशुको जन्म भएको थियो । जापानसँगै चीन, दक्षिण कोरिया, सिंगापुर, ताइवानले पनि जापानको जस्तै समस्या भोगिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ साउन २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन