टोकियो । जापानको जनसङ्ख्या सङ्कट गहिरिँदो छ । अन्य पूर्वी एसियाली राष्ट्रजस्तै जापानको नागरिकको सङ्ख्यामा तीव्र गिरावट देखिएको हो । गत वर्ष त्यहाँको जनसङ्ख्या ८ लाखभन्दा बढीले घटेको छ ।
जापानको आन्तरिक मामिला मन्त्रालयले बुधबार जारी गरेको तथ्यांकअनुसार यो वर्षको जनवरीमा देशको कूल जनसङ्ख्या (मूलवासी र विदेशी गरी) १२.५४ करोड रहेको थियो । गत वर्षको तुलनामा विदेशीको सङ्ख्या २ लाख ८९ हजार ५०० ले बढेको छ । यो वृद्धि १० प्रतिशतभन्दा बढी छ ।
तर, यही अवधिमा जापानी नागरिकको जनसङ्ख्या भने ८ लाख ५२३ ले घटेको छ । सन् २००९ मा उच्च विन्दुमा पुगेपछि पछिल्ला १४ वर्षदेखि यो जनसङ्ख्या निरन्तर घटिरहेको छ । जापानका सबै क्षेत्रमा जापानी नागरिकको जनसङ्ख्या घटेको यो पहिलो अवसर पनि हो ।
विदेशी नागरिकको सङ्ख्या बढेका कारण राजधानी टोकियोको कूल जनसङ्ख्या भने बढेको छ ।
गत वर्ष जापानको मृत्युदर पनि उच्च पुगेको थियो । गत वर्ष १५.६ लाख जनाको मृत्यु भएको थियो । यो अवधिमा ७ लाख ७१ हजार ८०१ जना शिशुको जन्म भएको थियो । जापानसँगै चीन, दक्षिण कोरिया, सिंगापुर, ताइवानले पनि जापानको जस्तै समस्या भोगिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ साउन २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानको मानवरहित चन्द्रमा ल्यान्डरः बिउँझियो तेस्रो पटक
जापानमा शक्तिशाली भूकम्प
जापानमा फस्टाउँदै नेपाली रेष्टुरेन्ट व्यवसाय
जापानले १७ वर्षमा पहिलो पटक बढायो ब्याजदर
नेपाल–जापान सम्बन्धमा नेपाली समाज उदाहरणीय छ : राजदूत डा सुवेदी
भूकम्पपीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने जापानी प्रधानमन्त्री किशिदाको घोषणा