काठमाडौं । लघुवित्तहरूले ऋणीबाट बढी ब्याज असुलेको र गैरकानूनी ढंगबाट सम्पत्ति लिलाम गरेको गुनासो आउन थालेपछि नेपाल राष्ट्र बैंकले त्यस्ता गतिविधि विरुद्ध जानकारी गराउन ऋणीहरूलाई भनेको छ ।
केन्द्रीय बैंकले ऋणीबाट बढी ब्याज असुले जानकारी गराउन आग्रह गरेको हो ।लघुवित्तहरूले नेपाल राष्ट्र बैंकले ताकेको निर्देशन पालना नगरे, बढी ब्याज वा शुल्क लिए जानकारी गराउन ऋणीहरूलाई आग्रह गरेको हो ।
यस्तै गैरकानूनी ढंगबाट सम्पत्ति लिलामी गरे तथा उद्यम व्यवसायमा असहयोग गरे भने पनि केन्द्रीय बैंकलाई सो बारे जानकारी दिन सकिनेछ ।यसकै लागि गुनासो सुनुवाइ गर्न केन्द्रीय बैंकले अलग्गै डेस्क खडा गरिसकेको छ ।
त्यस्ता समस्याको समाधान गर्न पहल गर्ने केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ साउन २०८०, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने