काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे सरकारसँग जवाफ मागेको छ ।
एकीकृत समाजवादीले एमसीसी कार्यान्वयनको अवस्थाबारे जवाफ मागेको हो । एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै एमसीसी कार्यान्वयनबारे अहिलेसम्म भएका कामबारे सरकारसँग जानकारी माग्ने बताए ।
प्रवक्ता खतिवडाले एमसीसी सम्झौता कार्यान्वयनमा व्याख्यात्मक घोषणा अनुरुप नेपालको हित रक्षाको प्रत्याभूति गर्न संसदीय अनुगमन समिति गठनका लागि आवश्यक पहल गर्ने निर्णय भएको समेत जानकारी गराए । ‘त्यसको निरन्तर जानकारी लिने प्रयोजनका लागि पार्टीका तर्फबाट समेत अनुगमन समिति बनाउने सचिवालय बैठकले निर्णय गरेको छ’ उनले भने।
एकीकृत समाजवादी भ्रष्टाचारविरुद्धको अभियानलाई निरन्तरता दिने भएको छ । एकीकृत समाजवादीले भूटानी शरणार्थी प्रकरण छानविनदेखि नै विभिन्न प्रकारले भ्रष्टाचारविरुद्ध अभियान संचालन गर्दै आएको छ ।
भूटानी शरणाथीदेखि सुन प्रकरणसम्म सरकारी सक्रियताले जनातामा आशा जगाएको एकीकृत समाजवादीको ठहर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० साउन २०८०, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै