एलओडीका सीईओ श्रेष्ठसहित ३ जनाविरुद्ध मुद्दा दायर

सफल खबर संवाददाता

बुधबार, १० साउन २०८०, १२ : ४९
एलओडीका सीईओ श्रेष्ठसहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । चर्चित एलओडी क्लबका प्रमुख कार्यकारी अधिकृत रविन श्रेष्ठसहित ३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

यस प्रकरणमा फ्रन्ट अफिस म्यानेजर २७ वर्षीय सहदेव सेढाई र कर्मचारी २३ वर्षीया सपना ढुंगाना पक्राउ परेका थिए । रविन भने फरार छन् । उनीहरूविरुद्ध बालबालिकाविरुद्ध कसुर गरेको आरोप लगाइएको छ ।

सरकारी वकिलले ५० हजार रूपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस