सुनको मूल्यमा वृद्धि, कतिमा हुदैँछ कारोबार ?

सफल खबर संवाददाता

मंगलबार, ०९ साउन २०८०, ११ : ३७
सुनको मूल्यमा वृद्धि, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । नयाँ भाउ अनुसार नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले बढेको हो ।   

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँ रहेको छ ।                   

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएकोमा आज घटेर एक हजार ४५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस