एजेन्सी । युरोपमा हरेक वर्ष २० हजारभन्दा बढी मानिसको डुबेर ज्यान जाने गरेको छ ।
डुब्नबाट जोगाउने विश्व रोकथाम दिवसको पूर्वसन्ध्यामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का युरोपेली क्षेत्रीय निर्देशक डा हान्स हेनरी पी. क्लुगेलेले उक्त जानकारी दिएका हुन् ।
विश्वका सबैभन्दा अधिक मदिरा पिउनेहरू युरोपमा रहेकाले युरोपेली क्षेत्रमा डुबेर भएका मृत्युमध्ये २६ प्रतिशत मदिराका कारण भएका उनले सोमबार जारी गरिएको वक्तव्यमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार सन् २०१४ यता बसाइँसराइका क्रममा करिब ३४ हजार मानिस डुबेका छन् ।
डुब्नबाट जोगाउने विश्व रोकथाम दिवसका अवसरमा जारी गरिएको क्षेत्रीय निर्देशक डा क्लुगेलेको वक्तव्यअनुसार विश्वव्यापी रूपमा हरेक वर्ष दुई लाख ३६ हजारले ज्यान डुबेर गुमाउने गरेका छन् ।
पौडी पोखरीमा हुने दुर्घटनादेखि पानीजहाजलगायत जल यातायातका साधन पल्टिनेलगायत दुर्घटना तथ्यांकमा समेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०९ साउन २०८०, ०६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु