क्विन्टल सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ६ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०७ साउन २०८०, १९ : ०३
क्विन्टल सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ६ जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले भन्सार अधिकृतसहित ३ कर्मचारी र थप ३ एजेन्टलाई पक्राउ गरेको छ । 

स्रोतका अनुसार विभागले आइतबार भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ गरेको छ। त्यस्तै भन्सार एजेन्टहरु झापा गौरादहकी रुक्मिला सुब्बा, चितवन मेघौलीका सुदर्शन गौतम र सिन्धुपाल्चोक बलेफीका यादव पराजुली पक्राउ परेका हुन् ।

भन्सार विभागले उनीहरूको लापर्बाहीका कारण सुन जाँच पास भएको भन्दै उनीहरूलाई शनिबार  निलम्बन गरेको थियो। योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस