चिनियाँ नेताको टोली नेपाल आउँदै

सफल खबर संवाददाता

आइतबार, ०७ साउन २०८०, ११ : २६
चिनियाँ नेताको टोली नेपाल आउँदै

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको टोली भ्रमणका लागि आज नेपाल आउने भएको छ । चिनका उच्चस्तरीय नेताको टोली एकपछि अर्को गर्दै नेपाल भ्रमण आउन लागेको हो ।

एक साताअघि चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेर फर्केका थिए । त्यसको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।

नेकपा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको दिन साउन ७ गते बिहान ११ बजे चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट व्युरो सदस्य युयान च्याच्युन नेपाल आउन लागेका हुन् । च्या २५ सदस्यीय टोलीसहित महत्वपूर्ण राजनीतिक भेटवार्ताका लागि नेपाल आउँदैछन ।

प्रतिक्रिया दिनुहोस