जानकि । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९/८० मा रु दुई करोड ६२ लाख राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने ४३ हजार ८३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारका अनुसार ट्राफिक प्रहरीले चालकका लागि चेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । “जरिबाना मात्रै गर्दैनौँ, चालकबाट नियम उल्लंघन नहोस् भनेर चेतनामूलक अभियानसमेत सञ्चालन गर्दै आएका छौँ”, उनले भने । गत आवमा कार्यालयले ७७३ वटा सचेतना कक्षा सञ्चालन गरेको थियो । कक्षामा ३४ हजारभन्दा बढी सवारीचालक, यात्रु र विद्यार्थी सहभागी भएको प्रहरी निरीक्षक सुनारले बताउए ।
आव २०७९/८० मा जिल्लामा १२४ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ६० जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा एक सय २९ जना घाइते भएका थिए । सडक दुर्घटनामा परी १० पशुचौपायासमेत मरेका प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आवमा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने दुई हजार ८५५ चालकलाई कारबाही गरेको थियो । उनीहरुबाट रु २८ लाख ५५ हजार राजस्व संकलन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०५ साउन २०८०, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
२५ सय सवारी चालकलाई ट्राफिक कारबाही
दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा
सुरक्षित सडकको सन्देश: नेपाल प्रहरी स्कुल शान्तिपुरका विद्यार्थी ट्राफिक स्वयंसेवक कार्यक्रममा सक्रिय
ट्राफिक नियम उल्लङ्घनमा गर्दा ५० हजारसम्म जरिबाना हुने नियम आउँदै