काठमाडौं । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले बिहीबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । जहाँ अनुचित लेनदेन (मिटरब्याज) मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक अगाडि बढाउने विषय समावेश छैन ।
‘मिटरब्याजसम्बन्धी विधेयकका हकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सल्लाह गरेर मात्रै अगाडि बढाउनुपर्ने बताएपछि कार्यसूचीमा नराखिएको संसद सचिवालयका अधिकारीहरु बताउँछन् ।
‘केही त्रुटिहरु पनि छन् । केही प्रक्रियाका विषय छन् । प्रतिस्थापन विधेयक पारित गरेर पठाएको सामान्य विधेयक झै प्रतिनिधिसभाबाट पारित भएर आएको छ । यसमा राष्ट्रिय सभाका अध्यक्षको चासो छ,’ ती अधिकारीहले अनलाइनखबरसँग भने ।उनका अनुसार बिहीबार यो विधेयक अगाडि बढ्ने संभावना छैन ।
गत असार ३१ गते प्रतिनिधि सभाबाट मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको थियो । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक राष्ट्रिय सभाले असार १५ गते पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो ।
अब प्रतिनिधि सभाले पारित गरेको सन्देश राष्ट्रिय सभामा टेबुल गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभामा भएको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा विधेयक राष्ट्रिय सभाका अध्यक्षबाट प्रमाणित हुँदै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ जान्छ । प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुन्छ ।प्रतिनिधि सभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित भएको पाँच दिनपछि बसेको राष्ट्रिय सभाको बैठकको कार्यसूचीमा यो विषय नपरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ साउन २०८०, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको बैठकमा तीन अध्यादेश दर्ता, समितिका प्रतिवेदन पनि पेश
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राष्ट्रिय सभा बैठक बस्दै
राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित
राष्ट्रिय सभाको बैठक बस्दै