एजेन्सी । दक्षिण पश्चिम मनसुनका कारण लगातारको अविरल वर्षा र पहिरोले पहाडदेखि तराईसम्मको जनजीवन प्रभावित भएको छ ।
जम्मुमा भारी वर्षाका कारण आएको पहिरोले घर पुरिँदा ८ जनाको मृत्यु भएको छ । हिमाली क्षेत्रमा वर्षाका कारण दिल्लीमा यमुनाले फेरि खतराको निशान पार गरेको छ । हिमाचल प्रदेशदेखि उत्तराखण्ड, पश्चिम उत्तर प्रदेश, महाराष्ट्र, कोंकण र गुजरातसम्म भारी र भीषण वर्षाले जनधनको क्षति गरेको छ । हिमाचल–उत्तराखण्डमा झण्डै एक हजार सडक बन्द छन् ।
जम्मुको कठुआ तहसीलमा पहिरोका कारण दुर्घटना भएको हो । मृत्यु हुने सातै जना एकै परिवारका रहेको बताइएको छ । बुधबार बिहान पहिरो गएपछि मानिसहरु निदाइरहेका थिए । रामबन र बनिहालको बिचमा पहिरो र चट्टान खसेको कारण जम्मू श्रीनगर राष्ट्रिय राजमार्ग छ घण्टा भन्दा बढी बन्द भएको थियो।
यसैबीच हिरानगर क्षेत्रको दयालाचक र चडवल बीचको तरनाह नालाको पुलमा दरार परेपछि जम्मु–पठानकोट राजमार्ग अनिश्चितकालका लागि बन्द भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ साउन २०८०, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु