होस् गर्नुस् है, घरमा आइपुग्ला ट्राफिकको चिट !

सफल खबर संवाददाता

बुधबार, ०३ साउन २०८०, ०७ : ४२
होस् गर्नुस् है, घरमा आइपुग्ला ट्राफिकको चिट !

काठमाडौ । तीव्र  गतिमा  सवारी  हुइँक्याउँदै  हुनुहुन्छ  ?  उपत्यकाका चक्रपथ र अरू सडकमा ट्राफिकको आँखा छलेर भाग्दै हुनुहुन्छ कि ? त्यसो गर्दा तपाईंको गल्ती भए कारवाही र जरिबानाको सूचना तपाईंभन्दा पहिले घर पुगिसकेको हुन सक्छ ।

ट्राफिक प्रहरीले आफ्नो उपस्थितिबिना विभिन्न स्थानमा स्वचालित क्यामरा जडान गरेर तपाईंको सवारी गतिको निगरानी सुरु गरिसकेको छ ।   

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पहिलो  पटक  स्वचालित  क्यामरा  जडान  गरी  तोकिएभन्दा तीव्र गतिमा सवारी चलाउने चालकमाथि निगरानी तथा कारवाही सुरु गरेको छ ।

काठमाडौँ  र  ललितपुरमा  पर्ने  चक्रपथ  तथा  कोटेश्वर–सूर्यविनायक सडक खण्डमा अधिकतम गति  ५०  किलोमिटर  प्रतिघण्टा  र  भित्री  सहर  र  गल्लीमा ४० किलोमिटर प्रतिघण्टाभन्दा कम गतिमा मात्र सवारी चलाउन पाउनुपर्ने व्यवस्था गरिएको  खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस