काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा अर्थमन्त्री डा।महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा द्विपक्षीय आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ । सो अवसरमा अर्थमन्त्री डा।महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
सन् २०१९ नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपालको समग्र आर्थिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। मन्त्री महतले नेपाल र चीनबीचका महत्त्वपूर्ण सीमानाकाहरूबाट दुई देश जोड्ने सडक परियोजनाहरू सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायहरूले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास पनि व्यक्त गरे।
भेटवर्तामा चिनियाँ अर्थमन्त्री कुनले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ साउन २०८०, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्तरिक श्रोत र साधनबाट राज्यका दायित्वहरु पूरा गर्न कठिन बन्दैछ : अर्थमन्त्री महत
विकसित देशले गर्दा जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको छ : मन्त्री महत
आर्थिक समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने कांग्रेसको लक्ष्य हो : अर्थमन्त्री महत
बीपी कोइराला गतिशील व्यक्तित्व हुनुहुन्थ्यो : अर्थमन्त्री महत
टोखा–छहरे सुरुङमार्ग निर्माण प्रकृया यसै वर्ष अघि बढ्छ : अर्थमन्त्री डा.महत
५६ लाख लगानीकर्ता देखाउँदै सेयरबाट निश्चित समूहले फाइदा लुट्यो : अर्थमन्त्री महत