१७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०२ साउन २०८०, १३ : २८
१७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर घरनजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् । 

घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पीडितको जाहेरीपछि आरोपी दिपेश सुवेदी, सुदीप भुजेल, मनोज विक र कैलाश भनिने टेकराज पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पीडित किशोरीका अनुसार आफूलाई बलात्कार गर्नेमध्येका एक जनालाई तिहारमा लगाएको टीकाबारे पनि सम्झाएकी थिइन् । ‘तपाईंहरू मेरो दाइजस्तै हो, तिहारमा तपाईंलाई लगाएको टीकाको कम्तीमा लाज राख्नुस् भनेँ तर केही सुनेनन्, कुटपिट गर्दे मेरो अस्मिता लुटिरहे,’ पीडित किशोरीले भनिन् ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपककुमार रायका अनुसार गत असार २९ गते राति साढे १० बजेतिर ती किशोरीलाई भेट्न एक जना साथी आएका थिए । त्यसलगत्तै ४ जना आरोपी छिरेर किशोरी र उनका साथीलाई कुटपिटसमेत गरे । किशोरी र उनका साथीको तस्बिर खिचेर सार्वजनिक गर्ने उनीहरूले धम्की दिए । त्यसपछि किशोरीका साथीलाई घरमै थुनेर नजिकै रहेको घरमा लगेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस