काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हवाइ टिकटमा कर लगाउने सरकारको निर्णय अनुपयुक्त भएको टिप्पणी गरेका छन् ।
‘हवाई यात्राको टिकटमा १३ प्रतिशत भ्याट (कर) लगाउने सरकारको निर्णय अनुपयुक्त छ’, थापाले मंगलबार सामाजिक सञ्जालमार्फत भनेका छन् ।
सडकको पहुंच नपुगेका कतिपय जिल्लाहरुमा अहिले नै हवाई टिकट अत्यन्त महँगो उनको भनाइ छ । त्यसमाथि करको भार थप्नु ठिक नभएको भन्दै उनले निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेका छन् ।
सरकारले हवाइ यातायातमा लगाएको भ्याट सोमबारदेखि कार्यान्वयनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ साउन २०८०, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ