एजेन्सी । इजरायलमा प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुको न्यायिक क्षेत्र सुधार कार्यक्रम विरुद्ध ब्यापक प्रदर्शन भएको छ । न्यायाधीशहरुको नियुक्तिमा सरकारको हात माथि पार्ने गरी ल्याइएको न्यायिक सुधार सम्बन्धि विधेयकलाई मतदानमा लैजाने तयारीमा सरकार लागेपछि विपक्षी दलहरुको आह्वानमा प्रदर्शन भएको हो ।
राजधानी तेलअभिव र अन्य शहरहरुमा लाखौं मानिस सडकमा उत्रिएका छन् । प्रधानमन्त्री नेतान्याहुको योजना अनुमोदन हुँदा न्यायिक क्षेत्रमा राजनीतिक हस्तक्षेप हावी हुने दाबी विपक्षीहरुले गरेका छन् । प्रदर्शनकारीहरुले सरकार बिरुद्ध चर्को नाराबाजी गरेका छन् भने एसओएस लेखेको ठुल्ठुला ब्यानार बोकेका छन् ।
उनीहरुले गुलाबी र सुन्तला रंगको पाउडर हावामा फालेर पनि बिरोध जनाएका छन् । प्रदर्शनकारीहरुले जेरुसेलमस्थित प्रधानमन्त्री नेतान्याहुको घर अगाडि पनि प्रदर्शन गरेका छन् । जतातलैको प्रदर्शनका कारण जनजीवन अस्तब्यस्त बनेको छ भने प्रधानमन्त्री नेतान्याहु अस्वस्थताका कारण अस्पताल भर्ना हुनुभएको छ ।
विपक्षी दलहरुले २८ हप्तादेखि न्यायिक सुधार कार्यक्रममो विरोधमा प्रदर्शन गर्दै आएका छन् । सरकारले भने यही जुलाई भित्र विधेयक पारित गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३१ असार २०८०, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्यकर्मी मारिएकोमा इजरायलबाट गल्ती स्वीकार
मध्यपूर्वमा फेरि तनाव : इजरायलले गर्यो लेबनानमा तीव्र आक्रमण
इजरायल-हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौताको तयारी, मध्यस्थता वार्तामा अमेरिका पनि सहभागी हुने
रमजानका लागि इजरायलले ६ हप्ता थप्यो गाजा युद्धविराम अवधि
विपिनको सुरक्षित रिहाइका लागि हरसम्भव प्रयास भइरहेको छः इजरायली राष्ट्रपति
हमासले ४ इजरायली बन्धक र इजरायलले २०० प्यालेस्टाइनी कैदी रिहा गर्ने