मन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुने

सफल खबर संवाददाता

आइतबार, ३१ असार २०८०, ११ : ४६
मन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता हुने भएको छ । सोमबारदेखि बैंककमा हुने बिमस्टेक विदेश मन्त्रीस्तरीय बैठकमा दुई मन्त्रीबीच भेटवार्ता हुने भएको हो । श्रोतका अनुसार उनीहरुबीच साईडलाईन वार्ता हुने बताइएको छ ।

परराष्ट्र मन्त्री बनेपछि साउद र जयशंकरबीच दोस्रो साइडलाईन वार्ता हुने भएको हो । यसअघि बांग्लादेशमा भएको इन्डिया फाउण्डेशनको कार्यक्रममा दुई मन्त्री बीच अनौपचारिक भेट भएको थियो ।जेठ १७ गते प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएका बेला भारतीय विदेश मन्त्री जयशंकर अमेरिका भ्रमणमा थिए ।

त्यो भ्रमणको क्रममा उनीहरुबीच भेटघाट भएको थिएन । बैंककमा हुने अनौपचारिक भेटघाटमा दुई देशको सम्बन्धको विषयमा कुराकानी हुने बताइएको छ ।  बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री साउद आज त्यसतर्फ जाँदैछन् । आज साढे एक बजे थाइ स्माइल एयरवेजबाट मन्त्री साउद बैंकका लागि उड्ने मन्त्रालय स्रोतले जनाएको छ । साउन १ गते बैठकमा सहभागी भइ उनी २ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस