काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको राजनीतिमा सबै समुदायको भूमिका आवश्यक रहेको बताएका छन्। शनिबार काठमाडौंमा तमु(गुरुङ) संघ, नेपालको बागमती प्रदेश भेला उद्घाटन गर्दै सभापति देउवाले नेपाल आदिवासी, जनजाति, दलित, थारू, मुस्लिम सबैको देश भएकाले राजनीतिमा सबै समुदायको भूमिका आवश्यक रहेको बताए।
उनले सबै समुदायलाई राजनीतिका साथै हेरेक स्थानमा समावेश गर्न आवश्यक रहेको पनि बताए। सभापति देउवाले कांग्रेस पनि सबै समुदायको पार्टी भएकाले सबैलाई साथमा लिएर हिँड्नुपर्ने बताए। कांग्रेसमा सवै समुदाय जनताको आवश्यकता रहेको उनको भनाइ छ।
कार्यक्रममा अर्थमन्त्री एवं कांग्रेस नेता डा. प्रकाशशरण महतले पार्टीले गरेका राम्राका कामको प्रचार हुन नसकेकाले नै कांग्रेसले गरेका कामहरुको जस अरुले लिएको बताए। उनले हरेक वर्ग क्षेत्र समुदायको पहुँचमा देशको आर्थिक उन्नती पुग्नुपर्छ भन्ने लक्ष्य कांग्रेसको रहेको बताए। त्यस्तै अन्य कांग्रेस नेताहरूले पार्टीलाई बलियो बनाउन र जनतामाझ पुर्याउन भातृसंगठनको भूमिका महत्वपूर्ण रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० असार २०८०, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति देउवा र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे काँग्रेस सभापति देउवासँग परामर्श
प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता
निर्माण उद्योगको समस्याबारे कांग्रेस सभापति देउवालाई ब्रिफिङ