काठमाडाैं। धनकुटा र झापाबाट लागुऔषधसहित एक एकजना पक्राउ परेका छन् । धनकुटाकाे साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटार चौकबाट अवैध लागुऔषध गाँजा करिब १ केजीसहित साँगुरीगढी गाउँपालिका-६ सिमसुवा बस्ने २३ वर्षीय सनम लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
झापाकाे मेचिनगर नगरपालिका-१० शान्ति चोकबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय सुनिल सुनारलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ असार २०८०, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ