एलओडीका दुईजना सञ्चालक रिहा

सफल खबर संवाददाता

शुक्रबार, २९ असार २०८०, ०७ : ११
एलओडीका दुईजना सञ्चालक रिहा

काठमाडौ । राजधानीको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स् (एलओडी)का दुईजना सञ्चालक रिहा भएका छन् ।

 प्रहरीले सञ्चालक राजुसिंह सुवाल र रुदिलबल्लभ श्रेष्ठलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

जेठ ३० मा १५ वर्षीया किशोरीलाई क्लव प्रवेशमा अनुमति दिएको आरोपमा प्रहरीले उनीहरुविरुद्ध ‘बालबालिका सम्बन्धी कसुरमा’ अनुसन्धान गरिरहेको थियो । 

तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको निर्णयमा उनीहरु रिहा भएका हुन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले जिम्मा जमानीमा हिरासत बाहिर राखेर अनुसन्धान गर्नु भन्ने आदेशमा आधारमा रिहा गरिएको बताए । 

जेठ ३० मा एलओडी गएकी बालिकालाई त्यहीँका ग्राहकले ललितपुरमा ल्याएर बलात्कार गरेको बताइएको थियो । सोही प्रकरणमा उनीहरुपनि तानिएको हुन् । 

बलात्कारमा संलग्न आरोपीलाई भने जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस