मिटर ब्याज पीडित समस्या समाधान आयोगको म्याद तीन महिना थप

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०८०, २१ : २८
मिटर ब्याज पीडित समस्या समाधान आयोगको म्याद तीन महिना थप

काठमाडौं । सरकारले मिटर ब्याज पीडित समस्या समाधान आयोगको म्याद तीन महिना थप गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटर ब्याज पीडित समस्या समाधान आयोगको अवधि अर्को तीन महिना थप गर्ने निर्णय गरेको उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए ।

तीन महिनाको समयावधिसहित गठन गरेको आयोगले अझै काम सम्पन्न गर्न समय लाग्ने भएपछि अर्को तीन महिना म्याद थपिएको उनको भनाइ छ । गत चैत महिनाको २० गते सर्बोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरिएको थियो ।

आयोगमा पूर्वएआइजी उत्तमराज सुवेदी र पूर्व सहमहान्यायधिवक्ता गणेशबाबु अर्याल सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस