लगानीमैत्री वातावरण नबनाएर सरकारले राष्ट्रघात गर्‍यो : राष्ट्रिय सभा सदस्य श्रेष्ठ

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०८०, १२ : ५०
लगानीमैत्री वातावरण नबनाएर सरकारले राष्ट्रघात गर्‍यो : राष्ट्रिय सभा सदस्य श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले नेपालमा लगानीको सुनिश्चितता नभएको भन्दै विदेशी लगानीहरु फर्किन थालेको बताएका छन् । 

आज राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले चिनियाँ कम्पनीहरूले निर्माण गर्ने भनिएका आयोजनाहरू लगानीको सुनिश्चितता नभएका कारण कतिपय फर्किसकेको र कतिपय फर्किने तयारीमा रहेको बताए । 

 

उनले अहिलेको सरकार र गठबन्धनका दलहरूले विदेशी लगानीमैत्री वातावरण बनाउन नसकेर राष्ट्र घात गरिरहेको आरोप लगाए । राष्ट्रिय सभा सदस्य श्रेष्ठले प्रधानमन्त्री र सिङ्गो मन्त्रीपरिषद्ले लगानीमैत्री वातावरण बनाउन नसकेको आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस