काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध पारेको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराएलगत्तै एमाले सांसदहरुले ढ्यापढ्याप पार्दै समय मागे । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भगवती न्यौपानेलाई समय दिए ।
न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध पटक–पटक धावा बोलेको आरोप राजीनामा नआएसम्म बैठक चल्न नदिने बताइन् । त्यसपछि एमाले सांसदहरु आफ्नो स्थानबाट उठे । अध्यक्ष तिमिल्सिनाले यथास्थानमा बस्न र बैठक सन्चालनको वातावरण बनाउन आग्रह गरे । तर एमाले सांसदहरुले मानेनन् ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८०, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको बैठकमा तीन अध्यादेश दर्ता, समितिका प्रतिवेदन पनि पेश
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राष्ट्रिय सभा बैठक बस्दै
राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित
राष्ट्रिय सभाको बैठक बस्दै