वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ

सफल खबर संवाददाता

शनिबार, २३ असार २०८०, १२ : ३०
वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ

कास्की। गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा शुक्रबार वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीले लोकसेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको लागि भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजात जाँच गर्ने क्रममा तीन जना नक्कली परीक्षार्थी प्रकाउ गरेको हो ।

परीक्षार्थीको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका कालीकोट जिल्ला रास्कोट २, सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट ४ सिउनाका २० वर्षीय गौरी संज्याल र १८ वर्षीय अर्का एक जना प्रकाउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस