सुपर माछाखोला जलविद्युत आयोजनाको पीपीए सम्पन्न

सफल खबर संवाददाता

शनिबार, २३ असार २०८०, १२ : ०५
सुपर माछाखोला जलविद्युत आयोजनाको पीपीए सम्पन्न

काठमाडौँ । बुढीगण्डकी हाइड्रोपावर प्रालिद्वारा प्रवर्द्धन गर्न लागिएको ४.६ मेगावाट क्षमताको सुपर माछाखोला जलविद्युत आयोजना  र नेपाल विद्युत् प्राधिकरणबीच  विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।  नेपाल बिद्युत् प्राधिकरणका अनुगमन तथा सुपरीवेक्षण निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके र कम्पनीका प्रबन्ध निर्देशक कृष्ण घिमिरेले पीपीएमा हस्ताक्षर गरे । 

 

गोरखाको धार्चे गाउँपालिकामा निर्माण गर्न लागिएको सो आयोजनाको नेतृत्व एनआरएनएका सचिव एवम् व्यवसायी  खगेन्द्र न्यौपानेले गरेका छन् । उक्त हाइड्रोको सञ्चालक समितिमा आनका महासचिव कृष्ण घिमिरे, सरोज धिताल, जोन घले र इन्द्रबहादुर ढकाल रहेका छन् ।

यही टिमले यसअघि सोही क्षेत्रमा विकास हाइड्रोपावर निर्माण गरेको थियो ।  विकाश हाइड्रो पावरलाई सफलतापूर्वक सम्पन्न गरेपछि सुपर माछाखोला जलविद्युतत आयोजना गरेको अध्यक्ष खगेन्द्र न्यौपानेले बताए । यस्तै अर्का सञ्चालक कृष्ण घिमिरेले विकास हाईड्रोलाई जस्तै यो प्रोजेक्टलाई माया गरिदिन सबैलाई आग्रह गरे । घिमिरेले आफूहरुले छिट्टै अर्को हाइड्रो पनि निर्माण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस