मिसकल गरी क्यासब्याक पाउने मौका : आइएमई पेमा नयाँ अफर

सफल खबर संवाददाता

शुक्रबार, २२ असार २०८०, १५ : ४०
मिसकल गरी क्यासब्याक पाउने मौका : आइएमई पेमा नयाँ अफर

काठमाडौँ ।  ‘आइएमई पे’ ले आकर्षक क्यासब्याकको अफर ल्याएको छ । असार २२ गते शुक्रबार साँझ ६ बजे सम्म ०१-५९७०७६ नम्बरमा मिसकल दिने ग्राहकले रु ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। 

 

सो नम्बरमा एक पटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुनेछन् । जति पटक मिसकल गरे पनि प्रत्येकले रु ३०० सम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उक्त प्राप्त क्यासब्याक शुक्रबार साँझ एस।एम।एस मार्फत जानकारी गराइने जनाइएको छ । क्यासब्याक भने असार २३ शनिबार पाउने छन् ।