काठमाडौँ। आउँदो सातादेखि श्रीलंकमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप नेपालका दुई महत्वपूर्ण खेलाडी नखेल्ने भएका छन् ।नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका हुन्।
दुवै जना क्यानडाको ग्लोबल टी–२० लिग खेल्न जाने भएका कारण इमर्जिङ टिम्स कप गुमाउने भएका हुन्। जिम्बावेमा भएको आइसिसी एकदिवसीय विश्वकप छनोट खेलेर आज स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान रोहित पौडेलले दुई खेलाडीले इमर्जिङ कप गुमाउने जानकारी दिएका हुन् । ग्लोबल टी–२० साउन ४ गतेदेखि सुरु हुँदैछ भने लिगमा दीपेन्द्र मोन्ट्रेल टाइगर्स र सन्दीप सर्रे जागुअरमा आबद्ध छन्।
एसिसी इमर्जिङ टिम्स एसिया कप भने असार २८ देखि श्रीलंकामा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र पाकिस्तानबीचको खेल असार २९ मा हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८०, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२०आईमा दीपेन्द्रले बनाए विश्व कीर्तिमान
आईटीएल टी-२० खेल्न दुबई लागे दीपेन्द्र
दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरियताको दोस्रो स्थानमा
रोहित र दीपेन्द्रले क्यारेबियन टी-१० लिग खेल्ने
दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा हुने टी-१० लिग खेल्ने
दीपेन्द्र टी-२० वरीयतामा शीर्ष १० मा पर्न सफल