कोशीमा सरकार गठन गर्दा सभामुखको समर्थन पेश गरिने विषय असंवैधानिक : नेता कोइराला

सफल खबर संवाददाता

विहीबार, २१ असार २०८०, १९ : ००
कोशीमा सरकार गठन गर्दा सभामुखको समर्थन पेश गरिने विषय असंवैधानिक : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार गठन गर्दा लिखित रूपमा सभामुखको समर्थन पेश गरिने विषय असंवैधानिक हुने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता डा. कोइरालाले सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमसमेतको समर्थन देखाएर सरकार गठनको प्रस्ताव गरिएको विषयलाई लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासन विपरित हुने बताएका हुन् ।

प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोहि पार्टीको संसदीय दल वा समितिबाट प्रदेश प्रमुखलाइ जानकारी दिन सकिने व्यवस्था रहेको उनले उल्लेख गरेका छन् ।

प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरी पठाउने कुराको संवैधानिक व्याख्या नभएको उनको भनाइ छ ।

‘सभामुख आफैले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संबैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्त बिपरित हुन जान्छ।’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस