रासायनिक मलले प्रकृतिमा असर पर्‍यो : सांसद श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, २१ असार २०८०, १६ : ४३
रासायनिक मलले प्रकृतिमा असर पर्‍यो : सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रासायनिक मलका कारण प्रकृतिमा असर परिरहेको बताएका छन् ।  बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले रासायनिक मलले गर्दा जल, जमिन र वायुलाई संक्रमण  गरिरहेकाले त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा सरकारले सोच्न आवश्यक रहेको बताए । 

 

सांसद श्रेष्ठले रासायनिक मलको प्रयोगका कारण जनस्वास्थ्यमा परेको असर, जनस्वास्थ्यको संवेदनशीलतामा ध्यान दिनुपर्ने बताए । उनले दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नहरुले गर्दा बालबालिकाहरुमा मनोवैज्ञानिक, मनोविकासमा असर परेको अध्ययनले देखाएको पनि बताए ।  

 

सांसद श्रेष्ठले माटोको गुणस्तर खस्किँदै गएकाले नेपालमा खाद्यान्न संकट निम्तिरहेको बताए ।  

प्रतिक्रिया दिनुहोस