काठमाडौं । नेकपा (एमाले)को अवरोधका कारण ३० मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक बिहीबार सम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरोध गरेका थिए ।
एमालेका सांसदको अवरोधपछि सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । पुनः बैठक बस्ने विषयमा दलहरुबीच सहमति नजुटेपछि बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, १८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग