चालक अनुमति पत्रको राजस्व तिर्न विद्युतीय भुक्तानीको शुभारम्भ

सफल खबर संवाददाता

बुधबार, २० असार २०८०, १६ : ५१
चालक अनुमति पत्रको राजस्व तिर्न विद्युतीय भुक्तानीको शुभारम्भ

काठमाडौँ । सरकारले सवारी चालक अनुमति पत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा प्रवाहको शुभारम्भ गरेको छ । बुधबार सिंहदरबारमा एक कार्यक्रमकाबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सेवा प्रवाहको  औंपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले सो सेवालाई एक महिना भित्रै देशव्यापी रूपमा लागूगर्ने प्रतिबद्धता व्यक्त गरे । 

 

कास्की यातायात व्यवस्था कार्यालयबाट आजै सुरु गरिएको सो सेवा एक महिनाभित्र देशव्यापी रूपमा लागू गर्ने मन्त्री ज्वालाले बताए । उनले यातायात व्यवस्था विभागमा सेवाग्राहीले भिड लाग्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले सो सेवा शुभारम्भ गरेको पनि स्पष्ट पारे । 

 

मन्त्री ज्वालाले सो सेवालाई एक महिना भित्र देशव्यापी रूपमा लागू गराउने गरी आजैबाट सरकार क्रियाशील हुने पनि बताए । उनले सो सेवालाई देशव्यापी बनाउने काममा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रालय र मातहतका निकायहरुलाई परिचालन गरिने बताए ।  

प्रतिक्रिया दिनुहोस