काठमाडौ । लगातार तीन दिन ओरालाे लागेपछि मंगलबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । यस दिन सूचक १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यसअघि ३ दिनमा नेप्से सूचक ११०.३९ अंकले घटेको थियो । मंगलबार सूचक वृद्धि भए पनि कारोबार रकम भने प्रभावित भएको छ ।
यस दिन २८२ कम्पनीको ६४ लाख ५० हजार कित्ता सेयर कारोबार भएको छ । १२ करोड १७ लाख रुपैयाँसहित कारोबार रकममा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएलजी इन्स्याेरेन्स र हिमालयन लाइफ इन्स्याेरेन्स परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८०, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि
सेयर बजार २७३४ अंकमा झर्यो, घट्यो कारोबार
नेप्से परिसूचक १३.३ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो