काठमाडौं। नेपाली कांग्रेसले पार्टीको नाम, झन्डा र चुनाव चिन्ह राखेर खोलेका सामाजिक सञ्जालका पेजलाई कानुनी दायरामा ल्याउने भएको छ।कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नाम, झन्डा र चुनाव चिन्ह राखेर खोलेका पेजलाई सम्पर्कमा आउन एक महिनाको समयसमेत दिएको छ।
सोमबार बसेको विभागको बैठकले एक महिनाभित्र सम्पर्कमा नआउने त्यस्ता पेजलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको विभाग प्रमुख मीनबहादुर विश्वकर्माको भनाइ छ।प्रचार विभागले आफ्नै वेबसाइट र आधिकारिक सामाजिक सञ्जाल पनि सञ्चालन गर्ने भएको छ।
‘हाल सञ्चालित पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक सञ्जाल र अन्य पेजलाई आजका मितिले एक महिनाभित्र सम्पर्क गर्न आह्वान गर्ने र तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने निर्णय भएको छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८०, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा