कोलम्बो । सन् २०१९ देखि २०२१ सम्म विश्वविद्यालयको प्रवेश परीक्षा दिएका श्रीलंकाका विद्यार्थीहरूलाई निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहेमा निर्ब्याजी ऋणको व्यवस्था गरिँदै छ । त्यसका लागि मङ्गलबारदेखि शुक्रबारसम्म आवेदन दिन सकिने वरिष्ठ अधिकारीले बताएका छन् ।
ऋण योजनाका लागि पाँच हजार विद्यार्थी छनोट गर्ने सरकारको योजना रहेको अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले कोलम्बोमा बताएका छन् ।छनोट भएका विद्यार्थीहरूले रोजगारमूलक पाठ्यक्रमहरू अपनाउनु पर्नेछ । प्रत्येक विद्यार्थीका लागि सरकारी बैंकबाट उपलब्ध गराइने ब्याजरहित ऋण ११ लाख रुपैयाँ (करिब तीन हजार ४०० अमेरिकी डलर)सम्म रहेको बताइएको छ ।
सन् २०२३ मा विश्वविद्यालय प्रवेश परीक्षामा तीन लाख ३३ हजार ७०० भन्दा बढी विद्यार्थीहरू सहभागी थिए । तीमध्ये केबल ३० हजार विद्यार्थीहरू राज्यको स्वामित्वमा रहेका विश्वविद्यालयहरूमा प्रवेश पाउन सक्छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १८ असार २०८०, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंका पूर्वमन्त्री राजापाक्षे भ्रष्टाचारको आरोपमा पक्राउ
आज नेपालले श्रीलंकासँग खेल्दै
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त